काठमाडौं – काठमाडौं महानगरपालिकाले पहिलोपटक राती १० बजेसम्म सार्वजनिक सवारी चलाउनैपर्ने गरी सवारी सम्बन्धी राजपत्र जारी गरेको छ। उक्त राजपत्रमा सार्वजनिक सवारी साधनले अनिवार्य रुपमा यात्रुलाई टिकट दिएर मात्र यात्रा गराउनुपर्ने कुरा पनि उल्लेख गरिएको छ।
राजपत्रमा कार्तिक र माघ मसान्तसम्म राती ९ बजेसम्म र अन्य महिनाको हकमा राती १० बजेसम्म अनिवार्य रुपमा निर्धारित रुटमा सवारीसाधन चल्ने व्यवस्था मिलाउनुपर्ने उल्लेख गरिएको छ ।
यसैगरी बस, ट्रलीबस,ट्राम,मेट्रो तथा मोनोरेल, मिनिबस, माईक्रोबस लगायतका सार्वजनिक यातायातकालागि इजाजतप्राप्त गरी संचालन गरिएका सवारी साधनका सहचालकले टिकट दिने र यात्रुले लिनुपर्ने अनिवार्य पनि व्यवस्था गरेको छ।
प्रतिक्रिया