काठमाडौँ – अर्थमन्त्री डा. युवराज खतिवडाले पूँजी बजारले राम्रोसँग काम नगरे सरकारले हस्तक्षेप गर्ने बताएका छन् ।
काठमाडौंमा मंगलबारदेखि सुरु वित्तिय साक्षरतासम्बन्धि वृहत अन्तराष्ट्रिय सम्मेलनमा बोल्दै खतिवडाले पूँजी बजारलाई सरकारले रोकावट नगरे पनि राम्रोसँग काम नगरे कडा निगरानी राख्ने स्पष्ट पारे । उनले नेपालमा पूँजी बजारले राम्रोसँग काम नगरेकाले निगरानी गर्नु परेको बताए ।
नेपालमा रेमिट्यान्सको पूँजी परिचालन गर्नेहरुलाई वित्तिय साक्षर बनाउनुपर्नेमा उनले जोड दिए । उनले बैंक तथा वित्तिय संस्थालाई भरपर्दो प्रविधिको प्रयोग गर्न आग्रह गरे ।
नेपाल धितो पत्र बोर्ड र ओईसिडीले वित्तिय साक्षरता बढाउने उद्देश्यले २ दिने अन्तराष्ट्रिय सम्मेलन आयोजना गरेको हो । सम्मेलनमा भारत, अमेरिका, सिंगापुर, थाइल्याण्ड, दक्षिण अफ्रिका, चीन, अष्ट्रेलिया, भुटानसहितका पूँजी बजारका विज्ञहरु, लगानीकर्ताहरु सहभागी छन ।
प्रतिक्रिया