काठमाडौँ – कृषि तथा पशुपंक्षी विकासमन्त्री चक्रपाणि खनालले आफूलाई मन्त्रीबाट बर्खास्त गरे पनि केही फरक नपर्ने बताएका छन् ।
मंगलबार बुटवलमा आयोजित साक्षात्कारमा बोल्दै खनालले यस्तो बाताएका हुन् । नेकपामा मन्त्रीका लागि धेरै योग्य व्यक्तिहरु रहेकाले सबैले पालो पाउनुपर्ने तर्क उनले गरे ।
‘जबसम्म मेरो कुरा छ, मलाई अहिल्यै हटाए पनि हुन्छ । केही टेन्सन छैन’, खनालले भने ।
फरक प्रसंगमा मन्त्री खनालले नेकपा अध्यक्षद्वय केपी ओली र प्रचण्डबीच आलोपालो सरकारको नेतृत्व गर्ने सहमति भएको बताए ।
प्रतिक्रिया