काठमाडौँ – नेपाल कम्युनिष्ट पार्टी नेकपाका अध्यक्षद्वय केपी ओली र पुष्पकमल दाहाल प्रचण्डले आफुहरु मिलेर अघि बढ्ने बताएका छन् ।
पार्टी संसदीय दलको सोमबारको बैठकमा दुवै अध्यक्षले आफूहरु मिलेर अघि बढ्ने बताए ।
बैठकमा सांसदहरुले पार्टी नेतृत्वका सार्वजनिक अभिव्यक्तिले दुई पार्टीबीचको एकता दिगो नहुने हो कि भन्ने आशंका पैदा भएको भन्दै चिन्ता व्यक्त गरेका थिए । प्रचण्डले पार्टी एकताका बाँकी काम पूरा गर्न आफूहरु मिलेर अघि बढ्न तयार रहेको बताए । प्रचण्डले आफू र प्रधानमन्त्रीसमेत रहेका अर्का अध्यक्ष केपी ओली मिलेरै सबै काम गरिरहेको उल्लेख गरे ।
प्रधानमन्त्री ओलीले पनि आफूहरु मिलेर अघि बढ्न नसके पार्टीलाई नै हानी हुने भएकाले आफुहरु मिलेर नै अघि बढ्ने बताएका थिए ।
प्रतिक्रिया