किन यस्तो लेखे नवराज सिलवालले ?

७ बर्ष अगाडि

काठमाडौँ – नेकपाका सांसद नवराज सिलवालले आफुलाई रोपाईको नाटक गर्यो भन्दै केही व्यक्तिहरुले आफु विरूद्ध प्रचार गरेको बताएका छन् । 

सिलवालले हिजो आफु दुईवटा कार्यक्रममा सहभागी भएको भन्दै सरसफाई गरेको फोटोलाई धान रोपेको भनेर आफु विरुद्ध प्रचार गरेको जानकारी दिए  । 

उनले हिजो आफु दुईवटा कार्यक्रममा सहभागी भएको बताए । उनले आज फेसबुक पेजमा लेख्दै भनेका छन्, हिजो आषाढ़ १५ गते म आफ्नो निर्वाचन क्षेत्रको दुईटा कार्यक्रममा सहभागि भएको थिएं।राष्ट्रिय धान दिवस २०७६ को अवसरमा टिकाभैरवमा भएको रोपाई कार्यक्रम र गोदामचौर स्थित गोदावरी खोला सरसफाई तथा वातावरण संरक्षण अभियानको सरसफाई कार्यक्रम।

सोही सन्दर्भलाई जोडेर अमुक मिडियाहरू र केहि व्यक्तिहरूले अनलाईन र सोसल मिडियामा एउटा फ़ोटो भाइरल वनाइ जुत्ता र पन्जा लगाएर रोपाईको नाटक गर्यो भनेर मेरो विरूद्ध प्रचार प्रसार गरेको पाएं । यस्ता भ्रमात्मक प्रचारमा नलाग्न सुभेच्छुक तथा ललितपूरका दाजुभाइ दिदीवहिनीहरूमा अनुरोध गर्दछु । 
 

 

७ बर्ष अगाडि

प्रतिक्रिया