काठमाडौं – भ्रष्टाचार आरोप लागेका सशस्त्र प्रहरीका चार पूर्वमहानिरीक्षक (आईजीपी)लाई विशेष अदालत काठमाडौंले सफाइ दिएको छ ।
अदालतले पूर्वआईजीपी कोषराज वन्त, शैलेन्द्रकुमार श्रेष्ठ, बासुदेव ओली र सनतकुमार बस्नेतलाई सफाइ दिएको हो ।
सशस्त्र प्रहरीभित्र सामान ढुवानी गर्दा नक्कली बिल बनाएर भ्रष्टाचार गरेको आरोप लगाउँदै अख्तियार दुरुपयोग अनुसन्धान आयोगले उनीहरुविरुद्ध मुद्दा दायर गरेको थियो ।
विशेष अदालतका अध्यक्ष बाबुराम रेग्मी तथा सदस्यद्धय द्वारिकामान जोशी र प्रमोदकुमार श्रेष्ठ वैद्यको इजलासले सफाइ दिएको हो ।
प्रतिक्रिया