काठमाडौं–३ नम्बर प्रदेश सरकारले साझा यातायातमा ३० करोड रुपैयाँ शेयर पूँजी हालेको छ।
३० करोडको चेक ३ नम्बर प्रदेशका आर्थिक मामिला तथा योजना मन्त्री कैलासप्रसाद ढुङेलले हस्तान्तरण गरेका छन्।
ललितपुर महानगरले पनि दुई करोड ५० लाख रुपैयाँ दिएको छ।नयाँ बस आगामी आर्थिक बर्षभित्र खरीद गरिने छ।
नयाँ बसको सेवा ३ नम्बर प्रदेशका विभिन्न शहरहरुमा पनि उपलब्ध हुने छ।
प्रतिक्रिया