ठेकेदार विरुद्ध सरकार आक्रामक, तीन ठेकेदारलाई कालोसूचीमा राख्दै

७ बर्ष अगाडि

काठमाडौं – सार्वजनिक खरीद अनुगमन कार्यालयले ३ वटा ठेकेदार कम्पनीलाई कालोसूचीमा राख्ने भएको छ । तोकिएको जिम्मेवारी पूरा नगरेका कारण उनीहरुलाई कालोसूचीमा राख्न लागिएको हो । कालोसूचीमा पर्ने ठेकेदार कम्पनीमा प्रधानमन्त्री केपी शर्मा ओलीको जिल्ला झापामा एक ठेकेदार समेत परेका छन् ।

कार्यालयका अनुसार ओलीको जिल्ला झापाको शिवसतासी नगरपालिकाको निर्माणको जिम्मा लिएको गणेश निर्माण सेवा महेशपुर झापालाई कालोसूचीमा राख्न लागेको हो । त्यसका प्रमुख व्यक्ति छन् कुमारप्रसाद उप्रेती । त्यस्तै स्वास्थ्य सेवा विभाग ले जनमुक्ति हेल्थ इन्टरप्राइजेजलाई समेत कालोसूचीमा राख्ने भएको छ ।

उता भौतिक पूर्वाधार तथा यातायात व्यवस्था मन्त्रालयका सडक विभाग, सडक सुपरिवेक्षण तथा अनुगमन कार्यालय काठमाडोंले क्रिष्टकल निर्माण सेवा भीमसेश्वर १ का मुरारीराज शिवाकोटीलाई पनि कालोसूचीमा राख्ने तयारी गरेको छ ।

अनुगमन कार्यालयले ती ठेकेदार कम्पनीलाई कालोसूचीमा राख्नुपर्ने कारण नभए ३० दिन भित्र स्पष्टिकरण पेश गर्न भनेको छ । सो अवधिमा चित्तबुझ्दो स्पष्टिकरण पेश नगरेको खण्डमा कालोसूचीमा राखिने र कुने पनि सार्वजनिक खरीद प्रक्रियामा सहभागी हुन बन्देज लगाउने भएको छ । 

७ बर्ष अगाडि

प्रतिक्रिया