काठमाडौँ – नेपाली कांग्रेसले हिमाल पहाड तराई -मधेस जनजागरण अभियान अन्तर्गत एक दिने कार्यकर्ता प्रशिक्षण कार्यक्रम सम्पन्न गरेको छ ।
सोलुखुम्बु-काठमाडौँ सम्पर्क समितिको आयोजनामा आयोजित उक्त कार्यक्रममा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा लगाएत अन्य कार्यकर्ताको उपस्थिति रहेको थियो ।
कार्यक्रममा बोल्दै देउवाले सोलुखुम्बु जिल्लाको पार्टी भित्रको समस्या आफु जानकार रहेको र छिट्टै समाधान गरिने समेत बताए ।
प्रशिक्षण कार्यक्रममा बोल्दै पार्टि प्रबक्ता बिश्व प्रकाश शर्मा र बार एसोसिएसनका पुर्व महासचिव सुनिल पोखरेलले गुटबन्दीको राजनीति त्याग गर्दै पार्टि एक ढिका हुनुको विकल्प नरहेको बताए ।
नेपाली कांग्रेश इतिहास बोकेको पार्टी भएको हुँदा अहिले नेकपाको सरकारले जनभावान अन्तरगत काम नगरेको हुँदा खबरदारी गर्दै आफ्ना कार्यकर्ताहरु तथा नेपाली जनतालाई सुसुचित गर्दै आगामी दिनहरुमा नेपाली कांग्रेशलाइ थप ससक्त गर्दै लैजानु पर्ने आबश्यकता रहेको प्रवक्ता शर्मा र पोखरेलको भनाई थियो ।
कार्यक्रममा सभापति देउवा, पार्टि प्रबक्ता विश्व प्रकाश शर्मा, नेपाली कांग्रेश सोलुखुम्बुका पूर्व पार्टी सभापति आङ गेलु शेर्पा, प्रभुराम बस्नेत, माननीय जिप छिरीङ शेर्पा, पर्यटन ब्यबसायी आङ छिरीङ शेर्पा, नामग्याल शेर्पा, मिङमार दोर्जी शेर्पा, दावा गेलु पाख्रिन(राजु), डोल्मा तामाङ, कृष्ण निरौला, गणेश बस्नेत, राजन जंग बस्नेत लगायतका बिशिष्ट व्यक्तिहरुको उपस्थिति रहेको थियो ।
प्रतिक्रिया