ईश्वरी र मोहम्मद नैसादबीच रहेको तीन वर्षदेखिको प्रेम सम्बन्ध थाहाँ पाउँदा आमा सावित्री भट्टराईले ज्यान गुमाउनु प¥र्याे :
काठमाडौँ – भक्तपुरको चाँगुनाराण नगरपालिका वडा- ७ बाँसवारीस्थित भएको सावित्री भट्टराईको हत्यामा आफ्नै छोरीले १२ लाखको सुपारी दिएको खुलेको छ ।
सावित्रीकी छोरी ईश्वरी भट्टराईले भक्तपुर पुरानो ठिमी बस्ने मोहम्मद नौसाद बिचको सम्बन्धका बारेमा आमा साबित्री भट्टराईलाई थाहा भएपछी उक्त कुरा बाहिर आउँने डरले ईश्वरीले आमालाई मार्न १२ लाखको सुपारी दिएकी थिइन् ।
मोहम्मद नौसाद र अर्जुन कुमार भन्ने भोला कुमारले सल्लाह गरि भारतबाट मोहम्मद रहिशलाई नेपाल बोलाई हत्या गरेका हुन् । साबित्रीलाई मार्न चाक्कुको प्रयोग भएको प्रहरीले जनाएको छ ।
घटना:
महाशाखाका वरिष्ठ प्रहरी उपरीक्षक (एसएसपी) सहकुल थापाका अनुसार मोहम्मद नैसाद ईश्वरी भट्टराईको प्रेमी भएको खुलेको छ । उनका श्रीमान् विमानस्थल क्षेत्रमा होटलमा काम गर्दै आएका थिए । प्रहरीका अनुसार ईश्वरी र मोहम्मद नैसादबीच तीन वर्षदेखि प्रेम सम्बन्ध चल्दै आएको थियो ।
आफूहरुको सम्बन्ध आमालाई थाहा भएपछि छोरीले आफूहरुको बीचबाट आमालाई हटाउनुपर्ने प्रस्ताव मोहम्मदसँग गरिन् । थापाले भने, ‘‘मोहम्मदले आफू एक्लैले आमालाई मार्न नसक्ने, भारतबाट केही व्यक्तिलाई बोलाउने र त्यसका लागि पैसा लाग्ने बताए । उनीहरुबीच सहमति भएपछि ईश्वरीले आमालाई मार्नका लागि १२ लाखको सुपारी दिने सहमति भयो ।’’ १२ लाखमा कुरा मिलेपछि मोहम्मदले भारतबाट दुईजनालाई नेपाल बोलाएका थिए ।
एसएसपी थापाले भने, ‘आइतबार बिहान मोहम्मद लगायतको टोली कोठामा गएपछि दुई–तीन मिनेट उनीहरुका बीचमा विवाद पनि भएको देखिन्छ । त्यसपछि उनीहरुले मिलेर चक्कुले घाँटी रेटेर हत्या गरे ।’’
प्रतिक्रिया