बाबुराम बने हली

७ बर्ष अगाडि

काठमाडौं– पूर्वप्रधानमन्त्री तथा समाजवादी पार्टी नेपालका राष्ट्रिय परिषद् अध्यक्ष डा बाबुराम भट्टराई रोपाईँ महोत्सवमा सहभागी भएका छन् । भट्टराई आफ्नो गृहजिल्ला खोप्लाङमा आयोजित रोपाईँ महोत्सवमा सहभागी भएका हुन् । 
रोपाईँ महोत्सवमा सहभागी भट्टराई किसानसँगै रोपाईँ कार्यक्रममा सहभागी भएका छन् । भट्टराईले आफ्नो फेसबुकमार्फत सार्वजनिक गरेको फोटोमा उनी किसानको खेतमा गोरु साउँदै गरेका देखिन्छन् भने कालो ह्याट, हाफ बाहुले कमिट र कट्टुमा उनी हिलाम्मे देखिन्छन् । 
भट्टराईले आफ्नो फेसबुकमा हो हो तारे हो हो ! हो हो माले होहो ! भन्दै असारे कामको रमाइलो माहोला झल्किने फोटो राखेका छन् ।

 

७ बर्ष अगाडि

प्रतिक्रिया