काठमाडौँ – गैर आवासीय नेपाली संघ, रास्ट्रीय समन्वय परिषद, युगान्डाको अधिवेशन सम्पन्न भएको छ ।
अधिवेशनमा अध्यक्ष र उपाध्यक्ष रहदै आएका राजमणी भण्डारी र बिनोद थापाले उम्मेदवारी दिएका थिए । जसमा राजमणी भण्डारीलाइ पछि पार्दै ११ मतले बिनोद थापा बिजयी भएका छन् ।
८२ मतदाता रहेको युगान्डामा ४५ सदश्यको उपस्थिति रहेको थियो जसमा राजमणी भण्डारीको पक्षमा १७ मत खसेको थियो भने बिनोद थापाका पक्षमा २८ मत खसेको थियो ।
अन्य पदका लागि निर्बिरोध रहदै निम्न बमोजिम १५ सदस्यीय कार्यकारी समिती चयन भएको छ ।
अध्यक्ष – बिनोद थापा
उपाध्यक्ष –प्रेम श्रेष्ठ
महिला उपाध्यक्ष – तारा गिरि
महासचिव – कमल दत्त भट्ट
सचीव – धनराज गिरि
कोषाध्यक्ष – सन्जिभ शर्मा
सह कोषाध्यक्ष – कल्पना अर्याल गैरे
महिला संयोजक – वर्षा आचार्य छेत्री शर्मा
युवा संयोजक – तेजेन्द्र बिवस
प्रबक्ता – निमेष श्रेष्ठ
सदस्य :
१) गणेश कार्की
२) श्रवण झा
३) रमा अर्याल
४) तेज खड्का
५) निक्कु केसि
प्रतिक्रिया