अण्डा प्रति क्रेटकै ५५ रुपैयाँले बढ्यो, उपभोक्ता मूल्य पनि बढ्ने

७ बर्ष अगाडि

काठमाडौँ–नेपाल अण्डा उत्पादक संघ केन्द्रीय समितिले कृषकले पाउने अण्डाको मूल्य वृद्धि गरेको छ।

संघले शनिबारदेखि लागू हुने गरी कृषकले पाउने मूल्य ठूलो अण्डाको प्रति क्रेट २५५ र मध्यम अण्डाको प्रति क्रेट १७० कायम गरेको छ ।

यसअघि कृषकले ठूलो अण्डाको प्रति क्रेट दुई सय रुपैयाँ र मध्यम अण्डाको प्रति क्रेट १ सय १५ रुपैयाँ पाउँदै आएका थिए।

बढी अण्डा उत्पादन भएपछि भाउ घटेको थियो।

७ बर्ष अगाडि

प्रतिक्रिया