काठमाडौँ – सरकार सञ्चालनमा करिब –करिब असफल भएका प्रधानमन्त्री केपी शर्मा ओलीले नेपालको कम्युनिस्ट इतिहासमा नै सबैभन्दा ठूलो भएको पार्टीलाई समेत रसातलमा पु¥याउने साजिस सुरु गरेका छन् ।
ऐतिहासिक आवश्यकताका आधारमा गठन भएको नेकपालाई क्रमशः असफल बनाएर नेपाली जनताको मात्रै नभई विश्व कम्युनिस्ट आन्दोलनमा समेत अन्तरघात गर्ने सम्मको साजिस उनले सुरु गरेको पाइएको छ । पार्टी एकताको क्रममा तयार पारिएको जनताको जनवाद शीर्षकको राजनीतिक कार्यक्रम र कार्यदिशालाई लत्याएर विगतमा नै असफल भएको र पार्टी भित्रै समेत दक्ष प्रजापतिको टाउको भनेर टिप्पणी गरिएको बहुदलीय जनवादलाई अगाडि सारेर उनले पार्टी एकताको महत्वलाई समेत ध्वस्त पार्ने षड्यन्त्र गरेका छन् ।
पछिल्लो पटक बसेको सचिवालय बैठकमा ओलीले सोही उद्देश्यका साथ जनताको बहुदलीय जनवादलाई अगाडि सारेका थिए । उनले जानी बुझीकन नै उक्त प्रस्ताव अगाडि सारेर पार्टी एकताको बाँकी रहेको कामलाई समेत पूरा हुन नदिने षड्यन्त्र गरेका हुन् । तत्कालीन नेकपा (एमाले) र नेकपा(माओवादी केन्द्र)का बीचमा भएको पार्टी एकताको सारभूत लक्ष्य विरुद्ध जाने उनको पछिल्लो कदमले नेपाली जनताको आशा र चासोलाई समेत समाप्त पारिदिने देखिएको छ । उनी सबैभन्दा बलियो आफू भएको र आफूलाई कोही कसैले पनि केही गर्न नस्क्ने भ्रममा रहेका छन् । तर उनी क्रमशः नेपाली जनताकाबाट एक्लिदै गएका छन् ।
सरकारको काम गर्ने तरिका शतप्रतिशत असफल भएको छ । मन्त्रीहरुको कार्यक्षमतामा प्रश्न उठेको छ । गृहमन्त्री र गृहप्रशासनलाई जानकारी नै नदिई दोहोरो भीडन्तको नाममा निहत्था नागरिकको हत्या सुरु भएको छ । ओलीको यही ज्यादतीका कारण पार्टी भित्रै उनको विकल्प खोज्नुपर्ने आवश्यकता समेत बढेर गएको छ । ओली आफूलाई लुई चौधौंको नयाँ संस्करणको रुपमा आफूलाई उभ्याउन थालेका छन् । उनले गर्ने व्यवहार, उनको चिन्तन , उनको कार्यशैली, उनका सहयोगीहरुको व्यवहार र दृष्टिकोण सामन्तवादको भन्दा फरक छैन । उनी आफूलाई राजा भन्दा पनि बढी महाराजाको शैलीमा प्रस्तुत भएको छन् ।
राजनीतिक विश्लेषकहरु भन्छन् ओलीले पार्टी भित्रका सबै नेता तथा कार्यकर्तालाई पनि बिच्क्याएका छन् भने विश्वासमा लिएर जानु पर्ने प्रमुख प्रतिपक्षलाई समेत उनले पल्लो किनारामा धकेलिदिएका छन् । शान्ति प्रक्रियाका केही काम पूरा गर्न अझै पनि प्रमुख प्रतिपक्षको सहयोग जरुरी छ । प्रजातन्त्र सामूहिक निर्णय प्रणालीको व्यवस्था हो । त्यसले सबैको समान हक र अधिकारको प्रत्याभूति गर्छ । तर ओली आफूलाई तानाशाहको रुपमा प्रस्तुत गर्ने जर्मकोमा लागेका छन् । पार्टी भित्रका विरोधी सिध्याउने, बाहिर पनि विरोध गर्न नदिने, र लोकतन्त्रको सार्वभौम मूल्य र मान्यता विपरित जाने उनको दुरासयले नेपाललाई नै अन्ततः भड्खालोमा हाल्ने निश्चितप्राय देखिएको छ ।
सहमति र सम्वादका आधारमा अगाडि बढ्नुको सट्टा पार्टी भित्रका विरोधी स्ध्यिाउने नाममा दुई तिहाई प्राप्त नेकपालाई नै समाप्त गर्ने गरी मध्यावधि निर्वाचन गर्ने, संसद भंग गर्नेसम्मको साजिस सुरु गरेको राजनीतिक वृत्तमा चर्चा छ । उनले पार्टी भित्र आफ्ना बाहेक अरु सबैलाई राजनीतिक रुपमा कल्लेआम गर्ने योजना बनाएका छन् । इश्वर पोखरेल मार्फत थालिएको कूप्रचार त्यसैको एउटा ज्वलन्त उदाहरण हो । पोखरेलको काँधमा बन्दुक राखेर पार्टी भित्र फरक विचार राख्नेलाई सिध्याउने उनको रणनीतिले अरुलाई होइन उनी आफैलाई सिध्याउने कुरामा दुईमत छैन । उनले जुन खालको तानाशाही व्यवहार देखाएका छन्, उनले नेकपाका अरु नेतालाई होइन उनी आफैलाई सिध्याउँदैछन् ।
ओलीलाई राधाकृष्ण मैनालीले कुनै समय गोमन सापको संज्ञा दिएका थिए । आज उनले देखाएको व्यवहार त्यसैको पेरीफेरीमा नै रहेको छ । सचिवालयमा अल्पमतामा रहेका ओली, स्थायी समितिमा समेत क्रमशः अल्पमतमा परेका छन् । उनी बाहेकका सबै नेता अर्को तर्फ लागेका छन् । सचिवालयमा उनलाई तेल मन्त्रीको रुपमा समेत परिचित इश्वर पोखरेलले मात्रै साथ दिएका छन् । अन्तिम घडी आएको खण्डमा महासचिव विष्णु पौडेल समेत उनको पक्षमा नरहने अवस्था देखिएको छ । नेकपाका अर्का अध्यक्ष प्रचण्डको समेत विश्वासमा महासचिव बनेका पौडेलले ओलीलाई सधै साथ देलान् भन्नेमा आशंका रहेको छ । किनकी बालुवाटार जग्गा प्रकरणमा ओलीले नै पौडेललाई साइजमा ल्याएको भन्दै ओलीप्रति संशकित छन् ।
ओली र पोखरेलको योजनामा नै पौडेललाई ड्यामेज गर्न बालुवाटार प्रकरण प्रधानमन्त्रीको सचिवालयबाटै सार्वजनिक गरिएको हो । पौडेलका जानकारहरु भन्छन्, महासचिव बनाइएको र बनेकोमा ओलीका केही मान्छेलाई मन परेको थिएन । उनीहरुले उपयुक्त मौकाको खोजी गरिरहेका थिए । सोही मौकालाई अगाडि सारेर पौडेलको बालुवाटार जग्गा प्रकरण सार्वजनिक गरिएको हो ।जानकारहरुका अनुसार माधव कुमार नेपाल ओलीका सधैका विरोधी हुन् । कहिले काही सत्ता स्वार्थमा एक ठाँउमाा उभिने भएपनि नेपाल पछिल्ला दिनमा ओलीको ज्यादीको भुक्तमानमा परेका छन् । ओलीलाई भित्रैमा पु¥याएको दुःख नेपालमा रहेको छ । यस्तै वामदेव गौतमलाई पनि ओलीले पटक पटक धोका दिएका छन् ।
गत प्रतिनिधिसभाको निर्वाचनमा ओलीले नै गौतमलाई निर्वाचनमा पराजित गरिदिएको गौतमलाई राम्रैसँग थाहा छ । यस्तै पार्टी अध्यक्ष समेत रहेका भलनाथ खनाललाई समेत ओलीले धोका दिएका छन् । पछिल्लो पटक स्वार्थ सिद्ध गर्नका लागि गृहमन्त्री समेत रहेका पूर्व माओवादी नेता रामबहादुर थापालाई आफ्नो कित्तामा आएको प्रचार गराएपनि थापा प्रचण्डको विरुद्ध जान सक्ने अवस्था छैन । जननयुद्धलाई हेर्ने दृष्टिकोण बाहेक अरु विषयमा ओलीसँग निकट भएको प्रचार भएपनि अन्तिम समयमा थापाले प्रचण्डलाई नछाड्ने विश्वास गर्न सकिन्छ । किनकी प्रचण्ड र थापाको मित्रता लामो समयदेखिकै भएकाले पनि त्यसमा धोका हुने अवस्था रहेको छैन ।
बाँकी रह््यो पूर्व माओवादीका नेता एवम् नेकपाका प्रवक्ता नारायणकाजी श्रेष्ठ । उनी ओलीको कार्यशैलीको चर्को आलोचना गर्दै आएका र दुःख पाएका नेताका रुपमा परिचित छन् । यसका कारण पार्टी भित्र ओली क्रमशः एक्लिदै गएका छन् भन्ने स्पष्ट हुन जान्छ । ओली पार्टी भित्र र बाहिर समेत एक्लै पर्न थालेपनि उनी तानाशाहीको हुने दिशामा केन्द्रीत भएका हुन् । ओलीले यस्तै ज्यादती गर्दै गए उनलाई अध्यक्ष र प्रधानमन्त्री दुवै पदबाट हटाउन सकिने सम्मको अवस्था पार्टी भित्र आउने सक्ने वातावरण बन्दै गएको छ ।
यद्यपी प्रचण्डले ओलीलाई समेत मिलाएर लैजाने संकल्प गरेका कारण उनले कार्यशैली सच्याएर केही समय उनलाई अझै मौका दिन सकिने अवस्था भने आउन सक्छ । किनकी उनलाई सम्मान गरे, उनको योगदानको चर्चा गर्दै, विगतमा जे जस्तो गरेको भएपनि इतिहासको आवश्यकताका आधारमा उनलाई अझै अगाडि बढाउन ससकिने अवस्था भने सकिइसकेको छैन । तर कार्यशैली सुधार नगर्ने, फरक विचार राख्ने बित्तिकै विरोधीको बिल्ला भिराएर राजनीतिक रुपमा नै सिध्याउने जुन प्रकारको खेल उनले खेल्दै छन्, त्यसलाई भने उनले आत्मआलोचना गर्नुपर्ने, पार्टीलाई सामुहिक प्रणालीमा लैजानका लागि त्त्काल प्रचण्डलाई एकल नेतृत्व दिनुपर्ने राजनीतिक विश्लेषकहरुको भनाइ छ ।
विचारको नाममा विगतमा पार्टी एकताको क्रममा भएको सहमतिलाई उनले आत्मसात् गर्नुपर्ने, सरकार सञ्चालनका क्रममा देखीएको कमी कमजोरी हटाएर जनतालाई राहत दिनुपर्ने, राष्ट्रिय आवश्यकताको सम्बोधन गर्नुपर्ने तथा देश भित्र र बाहिर देखिएको कम्युनिस्ट पार्टी प्रतिको विश्वासलाई अझै फराकिलो बनाएर जानुपर्ने आवश्यकता बढेर गएको छ । यदि ओलीबाट यस्तो काम सम्भव नभएको अवस्थामा उनले इमान्दार भएर पार्टी र सरकारको नेतृृत्वबाट हटेर प्रचण्डलाई मार्ग प्रशस्त गर्नुपर्छ ।
विगतदेखि नै भ्रष्टाचारीको रुपमा गन्हाएका ईश्वर पोखरेल जस्ता अराजनीतिक व्यक्तिलाई काखी च्यापेर नेकपा र सरकालाई भड्खालोमा हाल्ने साजिस गर्ने ओलीलाई कोही कसैले पनि जोगाउन सक्दैन । किनकी नेपालीमा एउटा उखान लोकप्रिय छ, भीरबाट लडन् लागेको गोरुलाई राम राम भन्न सकिन्छ काँध थाप्न सकिदैन ।
प्रतिक्रिया