काठमाडौं – सरकारले यस वर्ष १६ औं राष्ट्रिय धान दिवस बर्दियामा मनाउने भएको छ । धान खेतीमा प्रविधि र यान्त्रिकीकरण, चामल आयातमा न्यूनीकरण भन्ने मूल नाराका साथ धान दिवस मनाइन लागेको सरकारले जनाएको छ ।
सरकारले प्रत्येक असार १५ गते धान दिवस मनाउँदै आएको छ । यसवर्ष पहिलो पटक उपत्यका बाहिर धान दिवस मनाउने लागेको हो । १६ औं धान दिवसका रुपमा मानो रोपेरर मुरी उत्पादन गर्न असार १५ गते धान रोपिन्छ ।
विगत १५ वर्षदेखि यस दिनमा राष्ट्रिय धान दिवस मनाउने अभ्यास गरिएको छ । हालसम्म १२ प्रतिशत मात्र रोपाइँ भएको भएको छ ।
प्रतिक्रिया