हुवासिन सिमेन्टले माग्यो २०४ कर्मचारी, चिनियाँ भाषा जानेकालाई प्रमुख प्राथमिकता

७ बर्ष अगाडि

काठमाडौं – हुवासिन सिमेन्टले उद्योग पूर्वाधारको काम धमाधम गरिरहेको छ । कम्पनीले काममलाई अगाडि बढाउन २०४ कर्मचारी माग गरेको छ।

चाइनिज भाषा जानेकालाई कम्पनीले प्राथमिकतामा राख्ने छ । सबैभन्दा बढि ड्राइभर मागिएको छ । यसमा कम्पनीले ३० जना कर्मचारी चाहिने जनाएको छ । कुल ४५ विभागमा कर्मचारी माग गरिएको हो। मेसिन रिपेयर वर्कसपमा २४ जना माग गरिएको छ ।

 कम्पनीले उच्चमाध्यमिक अध्ययनदेखि स्नातकोत्तरसम्मकालागि जागिर खुलाएको छ। कतिपय जागरिका लागि भने अनुभव पनि मागिएको छ ।

कम्पनीले धादिङको पानीखर्क क्षेत्रमा करिब ५०० रोपनी जग्गामा उद्योगको काम गरिरहेको छ ।

हुवासिन नेपालको सिमेन्ट उद्योगमा रु १५ अर्ब  लगानी गर्दैछ । यो उद्योगको नेपाली साझेदार नेपाल उद्योग वाणिज्य महासंघका पूर्व अध्यक्ष सुरज वैद्य हुन ्। 

७ बर्ष अगाडि

प्रतिक्रिया