गाउँपालिका अध्यक्षको बालुवाखानीले पृथ्वी राजमार्गको यो हालत

७ बर्ष अगाडि

धादिङ–गल्छी गाउँपालिकाका अध्यक्ष कृष्णहरि श्रेष्ठको केबीएस कन्स्ट्रक्सन एन्ड सप्लायर्सले चलाएको बालुवाखानीको लेदोले पृथ्वी राजमार्ग फेरि अवरुद्ध बनेको छ । तीन दिनअघि पनि पृथ्वी राजमार्ग प्रभावित बनेको थियो । 

गाउँपालिका अध्यक्षको खानीबाट निस्किने रातो माटोको मसिनो लेदोले गल्छी–बैरेनी सडक खण्डको  करिब एक किलोमिटर भूभाग ढाकेकाले यातायात प्रभावित भएको हो । 

स्थानीयका अनुखसार धादिङको गल्छी गाउँपालिका–६ बैरेनीबजारबाट महेशदोभान बजारसम्म एक किलोमिटर सडकमा बालुवा र माटोको लेदो जमेको छ । 


सडकभन्दा माथि बालुवा निकालिएको छ । बालुवा निकालिएपछि राति परेको वर्षाका कारण लेदो सडकसम्म आएको हो ।

यसैगरी राजमार्गको माथितिर खुलेका अधिकांश ग्रामीण सडकका कारण गाउँगाउँदेखि बगेर आउने बलौटे माटो राजमार्गमा थुप्रिएर पनि पटकपटक सडक अवरुद्ध हुने गरेको छ । 


यसैबीच  पानी परेसँगै लेदोले अबरुद्ध बनेको पृथ्वी राजमार्ग केहीबेर अघि सुचारु भएको छ ।

बिहानैदेखि राजमार्ग अवरुद्ध हुदाँ राजधानी आउँदै गरेको र बाहिर जाँदै गरेका हजारौं सवारी साधन बीच बाटोमै रोकिएका थिए ।

 

७ बर्ष अगाडि

प्रतिक्रिया