ट्राफिक व्यवस्थापन र सडक दुर्घटना न्यूनीकरणका लागि सबैलाई सहयोग गर्न महानिरीक्षक खनालको आग्रह

७ बर्ष अगाडि

काठमाडौं – प्रहरी महानिरीक्षक सर्वेन्द्र खनालले काठमाडौंको ट्राफिक व्यवस्थापन र सडक दुर्घटना न्यूनीकरणका लागि सबैलाई सहयोग गर्न आह्वान गरेका छन् ।

शुक्रबार महानगरीय ट्राफिक प्रहरी महाशाखाले काठमाडौंमा आयोजना गरेको एक कार्यक्रममा बोल्दै प्रहरी महानिरीक्षक खनालले काठमाडौंको ट्राफिक व्यवस्थापन ट्राफिक प्रहरीको लागि नभई सबै नागरिकका लागि भएकाले त्यसमा सबैको सहयोगको आवश्यक्ता रहेको स्पष्ट पारे । कार्यक्रममा बोल्दै उनले सडक दुर्घटना न्यूनीकरणका लागि पनि सबैको सहयोग जरुरी रहेको बताए । प्रहरी महानिरीक्षक खनालले समय निकालेर यात्रामा निस्कन पनि सवारी चालकहरुलाई आग्रह गरे । समयमा ननिस्कने अनि गन्तव्यमा ढिला पुगे ट्राफिक जामलाई दोष दिने प्रवृत्तिको पनि अन्त्य हुनुपर्ने महानिरीक्षक खनालको भनाई छ ।

प्रहरी महानिरीक्षक खनालले काठमाडौंलाई सुन्दर सहरको रुपमा परिचित गराउन पनि यसको ट्राफिक व्यवस्थापनको कामलाई प्रभावकारी बनाउनुपर्ने स्मरण गराए । उनले काठमाडौंको ट्राफिक व्यवस्थापनका लागि सामुदायसँगको साझेदारी कार्यक्रमलाई अझै प्रभावकारी बनाउँदै लैजाने प्रतिवद्धता ब्यक्त गरे ।

७ बर्ष अगाडि

प्रतिक्रिया