रोजगार अनुमति प्रणाली (ईपीएस)अन्तर्गत लिइएको कोरियन भाषा परीक्षाको नतिजा प्रकाशित भएको छ ।
गत २५ र २६ जेठमा लिइएको भाषा परीक्षाको नतिजा ईपीएस कोरियाले गए राति सार्वजनिक गरेको हो ।
परीक्षाफल ईपीएसको वेबसाइटमा गएर हेर्न सकिनेछ ।
जेठमा भएको परीक्षामा ९२ हजार ३ सय ५६ युवा सहभागी थिए । यीमध्ये कुल १० हजार ५० जना नेपाली प्रशिक्षार्थी कामदारका रुपमा लैजाने कोटा दक्षिण कोरियाले निर्धारण गरेको छ ।
प्रतिक्रिया