काठमाडौँ – नेपाल कम्युनिष्ट पार्टी नेकपा नेतृत्वको वर्तमान सरकारका मन्त्री फेरबदलको चर्चा परिचर्चाकाबीच पार्टी अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड'को सचिवालयले गृहमन्त्री हटाउने हल्ला निराधार र भ्रमपूर्ण रहेको जनाएको छ । प्रचण्डकी स्वकीय सचिव गंगा दाहालले शुक्रवार बिहान फेसबुक मार्फत निराधार र भ्रमपूर्ण हल्लाका पछि नलाग्न अनुरोध गरेकी छन् ।
गृहमन्त्री रामबहादुर थापा बादल गुट परिवर्तन गरेर अर्का अध्यक्ष केपी शर्मा ओली निकट पुगेकाले प्रचण्डको प्रस्तावमा गृहमन्त्री हटाउन लागिएको भन्ने हल्ला चलेपछि सचिवालयले उक्त धारणाको खण्डन गरेको हो । अध्यक्ष प्रचण्डकी स्वकीय सचिव दाहालले स्टाटसमा लेखेकी छन,'राष्ट्र को चौथो अंग जिम्मेवार नबने सम्म जनताले पाउने सूचनाको हक माथि अन्याय हुनजान्छ।हाम्रो पार्टीका सचिवालय सदस्य तथा नेपाल सरकारका गृहमंत्रीलाई मंत्री पदबाट हटाउने हल्ला निराधार र भ्रमपूर्ण रहेकाले यसको पछि नलाग्न अनुरोध छ।'
विभिन्न सञ्चार माध्यममा पछिल्लो समय मन्त्रीपरिषद्का सदस्य परिवर्तन हुनसक्ने भन्दै समाचार सार्वजनिक भएका छन् ।
प्रतिक्रिया