माानसिक समस्याले गुम्यो लिंग !

७ बर्ष अगाडि

विराटनगर–मोरङको लेटाङ नगरपालिका ३ मिलन चोकका २२ वर्षीय सुनिल राईले बिहीबार दिउँसो आफ्नै लिंग काटेका छन्।  तरकारी काट्ने चक्कुले लिंग छिनाएको प्रहरीले जनाएको छ। बुवा बुमा राईका अनुसार सुनिललाई जन्डिस सम्बन्धी पुरानो समस्या थियो।

जन्डिसको समस्याले माानसिक रुपमै अस्वस्थ्य बन्दै गएका उनको यो क्रियाकलापले परिवारका सदस्य नै अचम्ममा परेका छन्।घरमा परिवारका सदस्य कोही पनि नभएको अवस्थामा छोराले लिंग काटेको बाबुको भनाइ छ। विराटनगरको नोबेल शिक्षण अस्पतालमा उपचार हुन नसकेपछि सुनिललाई थप उपचारका लागि बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान लगिएको छ।

 कमजोर मानसिक अवस्थाका कारण घटना भएको हुनसक्ने प्रहरीको अनुमान छ।

७ बर्ष अगाडि

प्रतिक्रिया