सह-सचिवको गाडीलाई कारवाही गर्ने ट्राफिक प्रहरीलाई सडकमै सम्मान !

७ बर्ष अगाडि

काठमाडौं – गृह मन्त्रालयका सह-सचिव रामकृष्ण सुवेदीको गाडी माथि कारवाही गरेका ट्राफिक प्रहरीलाई सडकमै सम्मान गरिएको छ । अनाधिकृत रुपमा सिंहदरबारको पूर्वी गेट अगाडि पार्किङ गरेर गाडी राखिएको बेला महानगरीय ट्राफिक प्रहरी महाशाखाबाट खटिएका प्रहरी जवानले गाडीमा लक लगाएका थिए ।

गृह मन्त्रालयका प्रवक्ता समेत रहेका सुवेदी पार्किङ गर्न निषेध गरिएको स्थानमा बा २ झ ४३८८ नम्बरको सरकारी गाडी राखेर खाना खान गएका थिए । सोही समय प्रहरीले उनको गाडीमा लक लगाएको थियो ।

उनै ट्राफिक प्रहरीलाई युवाहरुले सडकमै सम्मान गरेका हुन् । प्रवक्तालाई नै कारवाही गरेर चर्चामा आएका ट्राफिक प्रहरीलाई युवाहरुले सडकमै दोसल्ला ओढाएर सम्मान गरेका हुन् । ह्वील लक गरेपछि चर्को दबाबमा केही समयमै अनलक गरेका थिए ।

तर उनले एक हजार रुपैयाँको चिट भने काटेका थिए । गाडी लक गरिएपछि प्रहरीलाई धम्काएर गाडी फिर्ता लान खोजेका थिए । 

 

७ बर्ष अगाडि

प्रतिक्रिया