काठमाडौँ – एसईई को नतिजा ग्रेडिङ प्रणालीबाट सार्वजनिक भएको छ । ग्रेडिङ प्रणालीबाट नतिजा सार्वजनिक हुँदा धेरैलाई आफूले कस्तो अंक ल्याए भन्नेमा अन्यौल हुनेछ । आफूले कति प्रतिशत ल्याए कुन ग्रेड प्राप्त गर्छु भन्ने जिज्ञासा सबै विद्यार्थी तथा उनका अभिभावकलाई समेत हुने गर्छ । सबैलाई यसबारेमा जानकारी छैन्, कि कति प्रतिशत ल्याउँदा कुन ग्रेड आउँछ ?
नजिता प्रकाशित हुँदा विद्यार्थीले ग्रेड प्वाईण्ट एभरेज अर्थात् जीपिएका आधारमा प्राप्त गर्नेछन् । सबै विषयमा विद्यार्थीले प्राप्त गरेको ग्रेडको औषतको आधारमा विद्यार्थीको जीपिए निर्धारण गरिन्छ ।
कति प्रतिशत ल्याउँदा जीपिए कति हुन्छ ?
९० वा सो भन्दा माथि ए प्लस ४ जीपीए
८० देखि ९० को बीचमा ए जीपीए ३.६
७० देखि ८० को बीचमा बी प्लस जीपीए ३.२
६० देखि ७० को बीचमा बी जीपीए २.८
५० देखि ६० को बीचमा सी प्लस जीपीए २.४
४० देखि ५० को बीचमा सी जीपीए २
३० देखि ४० को बीचमा डी प्लस जीपीए १.६
२० देखि ३० को बीचमा डी जीपीए १.२
२० भन्दा कम अंक ल्याउने ई जीपीए ०.८
राष्ट्रिय परीक्षा बोर्डले एसईई को नतिजा प्रकाशित गरेको छ । बोर्डले आज बसेको बैठकपछि नतिजा प्रकाशित गरेको हो ।
एसईईको नतिजा १६०० मा एसएमएस गरेर थाहा पाउन सकिनेछ । यसका लागि अंग्रेजीमा एसईईटाइप गरेर स्पेस दिदैं आफ्नोे सिम्बोल नम्बर टाइप गरेर १६०० मा पठाउनुपर्नेछ ।
यसका अलावा १६०० मा डायल गरेर प्राप्त निर्देशन अनुसारको जानकारी भरेर पनि नतिजा थाहा पाउन सकिनेछ ।
अनलाइनमार्फत हेर्नका लागि भने http://see.ntc.net.np/ मा गएर पनि नतिजा हेर्न सकिन्छ । शिक्षा मन्त्रालयको वेबसाइट https://www.moe.gov.np/ , शिक्षा विभागको वेबसाइट http://www.doe.gov.np/ बाट समेत नतिजा थाहा पाउन सकिने जनाइएको छ ।
प्रतिक्रिया