किन गरे दलाई लामाले डोनल्ड ट्रम्पको आलोचना ?

७ बर्ष अगाडि

बीबीसी – तिब्बती धर्मगुरु दलाई लामाले अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पको आलोचना गरेका छन् ।

बीबीसीले लिएको एक अन्तर्वार्तामा दलाई लामाले ट्रम्प नैतिक आदर्शविमुखु भएको टिप्पणी गरेका हुन् ।

दलाई लामाले राष्ट्रपति ट्रम्पको अमेरिका पहिलाु नीतिको आलोचना गर्दै अमेरिकासँग विश्वव्यापी जिम्मेवारी भएको बताए ।

भारतमा निर्वासनमा रहेका लामाले ट्रम्पको स्वभावबारे टिप्पणी गर्दै उनमा नैतिक आदर्शको कमी रहेको र उनको मन बदलिरहने बताए ।

आप्रवासनसम्बन्धी युरोपेली प्रवृत्तिबारे बोल्दै उनले ईयूले थप आप्रवासी स्वीकार गर्दै उनीहरूलाई शिक्षा र तालिम दिनुपर्ने बताए । त्यसो गर्दा ती आप्रवासी बलियो भएर आफ्नो देश फर्कने र देश बनाउन सक्ने बताए।

बीबीसी दक्षिण एशिया संवाददाता रजिनी वैद्यनाथनलाई उनले तिब्बत फर्किने आशा अझै नमरेको तर चीन सरकारको सोच साँघुरो भएको बताए।

अन्तर्वार्ताका क्रममा उनले आफ्नो उत्तराधिकारी महिला बनेमा उनी आकर्षकु हुनुपर्ने विवादास्पद धारणा पुन: व्यक्त गरे।

७ बर्ष अगाडि

प्रतिक्रिया