पोखरा महानगरपालिकाको मुख्य गेटमा ताला

७ बर्ष अगाडि

पोखरा – कांग्रेस निकटका जनप्रतिनिधिले पोखरा महानगरपालिकाको मुख्य गेटमा ताला लगाएका छन् । महानगरको वार्षिक बजेटमाथि असन्तुष्टि जनादै उनीहरुले गेटमा ताला लगाएका हुन् । 

बुधबारको, नगरसभा बैठकमा कांग्रेसनिकट वडाध्यक्षले बजेट विनियोजन असमान भएको भन्दै रेडबुक च्यातेका थिए । पोखरा ४ का अध्यक्ष शंकर बास्तोलाले मेयरले रेडबुकबारे छलफलका लागि कुरा राख्न समय नदिएको भन्दै कुर्ची र सोफासमेत हुत्याएका थिए ।  नगरसभामा राखिएको एअर कुलरसमेत लडाएका थिए ।

तालाबन्दीपछि सञ्चारकर्मीसँग कुराकानी गर्दै वडा नम्बर ९ का अध्यक्ष रामराज लामिछाने सबैलाई समटेर समान बजेट आउँनु पर्छ, भेदभाव गर्न पाइदैन भनेर पटकपटक मेयरलाई सचेत गराउँदा पनि एकलौटी ढंगले बजेट ल्याएको आरोप लगाए ।

‘बजेट समान रुपमा आउँनुपर्छ, कसैलाई भेदभाव गर्नु हुँदैन भनेर पटकपटक सचेत गराउँदा पनि एकलौटी बजेट ल्याइयो,’ उनले भने, ‘पहिला हुन्छ हुन्छ भन्नु भयो । पछि एकलौटी ढंगबाट बजेट ल्याइयो ।’ महानगरमुखि बजेट ल्याउन खोजेको भन्दै उनले आरोप लगाए ।

७ बर्ष अगाडि

प्रतिक्रिया