यसरी हेर्नुहास् एसईईको नतिजा

७ बर्ष अगाडि

काठमाडौँ – राष्ट्रिय परीक्षा बोर्डले  एसईईको नतिजा आज सार्वजनिक गर्दै छ ।  एसईई परीक्षाको नतिजा प्रकाशनको तयारी अन्तिम चरणमा पुगेको र आजै सार्वजनिक गर्ने बोर्डले  जनाएको छ । 

बोर्डले अपरान्ह बस्ने बोर्ड बैठकपछि नतिजा सार्वजनिक गर्ने तयारी गरेको छ । 

एसईईको नतिजा १६०० मा एसएमएस गरेर थाहा पाउन सकिनेछ । यसका लागि अंग्रेजीमा एसईईटाइप गरेर स्पेस दिदैं आफ्नोे सिम्बोल नम्बर टाइप गरेर १६०० मा पठाउनुपर्नेछ ।

यसका अलावा १६०० मा डायल गरेर प्राप्त निर्देशन अनुसारको जानकारी भरेर पनि नतिजा थाहा पाउन सकिनेछ । 

अनलाइनमार्फत हेर्नका लागि भने see.ntc.net.np मा गएर पनि नतिजा हेर्न सकिन्छ ।

राष्ट्रिय परीक्षा बोर्डले नतिजा प्रकाशित गरेको केही समयपछि नै माथिका सेवा प्रयोग गरी नतिजा हेर्न सकिने छ ।  


 

७ बर्ष अगाडि

प्रतिक्रिया