काठमाडौँ – नेपाल कम्युनिष्ट पार्टी नेकपाका सरकारमा रहेका ६ मन्त्री फेर्ने सहमति भएको छ ।
६ मन्त्री फेर्ने विषयमा नेकपाका दुई अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहालबिच छलफल भइरहेको छ । ६ मन्त्री हेरफेरका लागि दुवै अध्यक्ष अहिले गृहकार्यमा जुटेका छन्।
मन्त्रीहरुको कार्यसम्पादनका आधारमा हटाउन लागिएको बालुवाटार स्रोतले जनाएको छ । ६ मन्त्री फेर्ने सहमति भएपनि कुन कुन मन्त्री हटाउने भन्ने विषयमा स्रोतले केही खुलाएको छैन । स्रोत भन्छ कुन कुन मन्त्री हटाउने विषयमा छलफल गर्नका लागि नै दुई अध्यक्ष छलफलमा जुटेका छन् ।
मन्त्री बन्न आकांक्षी सांसदहरूलाई दुई अध्यक्षले छलफलका लागी बोलाएको स्रोतले जानकारी दियो । स्रोतका अनुसार अध्यक्ष प्रचण्डले मन्त्री बन्न आकांक्षी सांसदहरुलाई खुमलटार बोलाएका छन् भने अर्का अध्यक्ष ओलीले पनि मन्त्री बन्न आकांक्षी सांसदहरुलाई बालुवाटार बोलाएका छन् ।
प्रतिक्रिया