लोकसेवा विज्ञापन विवादः सर्वोच्चमा सुनुवाई लम्बियो

७ बर्ष अगाडि

काठमाडौं – स्थानीय तहमा कर्मचारी भर्नाका लागि लोकसेवा आयोगले खुलाएको विज्ञापनसम्बन्धी सर्वोच्चमा पुगेको विवाद लम्बिएको छ । सोबारेको रीटमाथि बुधबारको सुनुवाई स्थगित भएको छ । 
सर्वोच्चका न्यायाधीशहरु हरिकृष्ण कार्की र आनन्दमोहन भट्टराईको इजलासले अन्तरिम आदेशको छलफलका लागि संसदको राज्य व्यवस्था समितिलाई सूचना दिन आदेश दिएको दिएपनि सो सूचना समितिमा पुगिनसकेका कारण सुनुवाइ स्थगित भएको बताइएको छ । 

सर्वोच्चले लोकसेवा आयोगको विज्ञापन विवादमा परेको ४ वटा रीटलाई एकै इजलासमा राखेर सुनुवाई गरिरहेको छ । एउटा रीटमा राज्य व्यवस्था समितिलाई विपक्षी बनाइएको छ । तर समितिमा सूचना नै नपुगेकाले बुधबार सूचना दिन आदेश बताइएको छ । 

स्थानीय तहका विभिन्न ९ हजार १ सय ६१ पदमा पदपूर्तिका लागि लोकसेवा आयोगले जेठ १५ गते विज्ञापन प्रकाशित गरेको थियो ।

७ बर्ष अगाडि

प्रतिक्रिया