काठमाडौँ – गृह मन्त्रालयका सहसचिवले नै सडकमै गाडी पार्किङ गरेर ट्राफिक नियमको उल्लघंन गरे भन्दा अनोठौँ लाग्न सक्छ । तर गृह मन्त्रालयका सहसचिवले नै सडकमै गाडी पार्किङ गरेर ट्राफिक नियमको उल्लघंन गरेका छन् ।
मन्त्रालयका प्रवक्ता समेत रहेका सहसचिव रामकृष्ण सुवेदीले सडकमा गाडी पार्किङ गरेर नियम मिचेका हुन् ।उनको बा २ झ ४३८८ नम्बरको गाडी सिंहदरबारको पूर्वी गेट अगाडि सडकमा पार्किङ गरिएको छ । गाडी सडकमा पार्किङ गरेर सहसचिव सुवेदी रेस्टुरेन्टमा गएका थिए ।
ट्राफिक नियमको उल्लघंन गरेको आरोपमा ट्राफिक प्रहरीले उनको गाडीमा लक लगाइदिएका थिए । पछि सहसचिवको गाडीमा लक लगाइदिएको भन्दै चालकले ट्राफिक प्रहरीलाई धम्काएका थिए ।
देशमा पढेलेखेका र उच्च पदस्थहरुमै रहेका व्यक्तिहरुले यसरी नियम उल्लघंन गरेपछि अन्य आम सर्वसाधरणले यसबाट के सिक्लान ।
प्रतिक्रिया