सुनको जस्तो देखिने बुद्धको मूर्ति देखाई ठगी गर्न खोज्ने पक्राउ

७ बर्ष अगाडि

काठमाडौं–काठमाडौं महानगरपालिका १६ बनस्थलीबाट सुनको जस्तो देखिने बुद्धको मूर्ति देखाई ठगी गर्न खोज्ने ४ जनालाई मंगलबार साँझ प्रहरीले पक्राउ गरेको छ । 

पक्राउ पर्नेहरूमा काठमाडौं बौद्ध बस्ने रामेछाप मन्थली घर भएका ३२ वर्षीय बसन्त श्रेष्ठ, सिनामंगल बस्ने दोलखा भिमेश्वर नगरपालिका १ घर भएका ५२ वर्षीय रामराजा शिवाकोटी, तनहुँ भिमाद नगरपालिका ४ घर भएका ३२ वर्षीय मिन बहादुर कुमाल र  भक्तपुर बस्ने महोत्तरी बर्दिबास घर भएका २० वर्षीय अनिल बानियाँ रहेका छन् । 

करिब ७ किलो तौलको उक्त बुद्धको मूर्ति देखाई नगद ६० लाख रुपैयाँमा खरिद विक्रीका लागि कुराकानी भइरहेको भन्ने सूचनाको आधारमा महानगरीय प्रहरी वृत्त बालाजुबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त मूर्ति सहित फेला पारी पक्राउ गरेको हो । 
यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ । 

७ बर्ष अगाडि

प्रतिक्रिया