प्रिमियर इन्स्योरेन्स कम्पनीले बोलायोे वार्षिक साधारणसभा

७ बर्ष अगाडि

काठमाडौं – प्रिमियर इन्स्योरेन्स कम्पनीले आर्थिक वर्ष सकिने अन्तिम दिन अर्थात असार ३१ गते वार्षिक साधारणसभा बोलाएको छ ।

चालु आर्थिक वर्षदेखि लागु गरिएको एनएफआरएस प्रणालीले गर्दा साधारणसभा ढिला भएको कम्पनीले जनाएको छ ।

कम्पनीले साधारणसभामा हाल कायम चुक्ता पुँजीको ८४ प्रतिशत बोनस शेयर शेयर दिने प्रस्ताव गरेको छ । कम्पनीको हालको चुक्ता पुँजी रु ५४ करोड ४० लाख छ । बोनस शेयरपछि कम्पनीको पुँजी रु एक अर्ब ७ करोड पुग्नेछ ।

साधारणसभा प्रयोजनको लागि असार २० गतेदेखि बुक क्लोज गर्ने छ । असार १९ गतेसम्म कायम शेयरधनीले घोषणा गरिएको बोनस शेयर पाउने छन ।

जगेडा कोष बलियो बनाएको कम्पनीले गत आर्थिक वर्षको नाफा तथा जगेडाबाट बोनस शेयर दिन सफल भएको हो। नगद लाभांशभन्दा बोनस शेयर दिएर पुँजी थप्दै आएको कम्पनी निर्जीवन बीमा कम्पनीहरुमा राम्रो कम्पनीको रुपमा परिचित छ ।

 

७ बर्ष अगाडि

प्रतिक्रिया