कसले भत्कायो १६ करोड बढीको मेलम्चीको पाइप लाइन, अब के होला ?

७ बर्ष अगाडि

काठमाडौं – काठमाडौंबासीको  धारासम्म मेलम्चीको पानी वितरण गर्न भन्दै जमिन मुनी गाडिएका  पाइपहरु धमाधम बिग्रिन थालेको पाइएको छ ।

मेलम्ची खानेपानी आयोजना कार्यान्वयन निर्देशनालयका अनुसार हालसम्म २९ किलोमिटर भन्दा बढी पाइपमा क्षति पुगेको छ । त्यसबाट निर्देशनालयलाई रु १६ करोड ४ लाख ५० हजार ९८ बराबरको नोक्सानी भएको हो ।

सडक, महानगर, ढल लगायतका निकायहरुले आफ्ना संरचना निर्माण तथा मर्मतका क्रममा पाइप भत्काएको पाइएको छ ।

त्यसरी क्षति पुगेका पाइपहरु बिछ्याउने कामका लागि रकम उपलब्ध गराउन पटक पटक ताकेदा गर्दा समेत कुनै पनि निकायले चासो दिएका छैनन् । जसले जति क्षति पुर्याएको हो, उसैले मर्मत वा मर्मतका लागि आवश्यक रकम दिनुपर्ने व्यवस्था छ, पटक पटक पत्राचार गर्दा समेत सुनुवाइृ नभएको आयोजनाले जनाएको छ ।

खत्रीका अनुसार सबै भन्दा धेरै काठमाडौं महानगरपालिकाले रु ४ करोड १९ लाख ५४ हजार ३ सय ९८मूल्य पर्ने ७ किलोमिटर भन्दा लामो पाइप लाइन बिगारिदिएको छ ।

त्यस्तै, चक्रपथ विस्तार आयोजनाले रु १ करोड ६२ लाख ३० हजार ८ सय ५५ बराबरको ८३४ मिटर थोक वितरण लाइनको पाइप बिगारेको छ ।

पाइपलाइनमा धमाधम क्षति पुग्न थालेपछि आयोजना कार्यान्वयन निर्देशनालय थप चिन्तित बनेको छ । 

७ बर्ष अगाडि

प्रतिक्रिया