झापा–समाज र प्रहरीबीचको द्वन्द्व कम गरेर सुरक्षा क्षेत्र सुधार गर्ने उदेश्यले नेपाल प्रहरीले सुरु गरेको समुदाय प्रहरी साझेदारी नामक अभियानले देशभर प्रभावकारी रुप लिरहेको छ ।
यसै अन्तर्गत झापाको शिवसताक्षी नगरपालिकाकी १५ वर्षिया एक बालिकालाई उनका मामाले पटक–पटक बलात्कार गर्दै आएको कुरा सार्बजनिक भएाको छ । पीडित किशोरीलाई आफु माथी भइरहेको दुर्व्यवहारबारे बोल्न आँटै आएको थिएन ।जब समुदाय–प्रहरी साझेदारी कार्यक्रम अन्तर्गत प्रहरीसँग एकदिन कार्यक्रममा उनी सहभागी भइन्, त्यसपछि उनलाई आफूमाथि भइरहेको ज्यादतीबारे बोल्ने आँट आयो ।
समुदाय–प्रहरी साझेदारी अन्तर्गतको विद्यालय केन्द्रीत कार्यक्रममा प्रहरीले विद्यालयमा विभिन्न सचेतानमुलक कार्यक्रम गुर्नका साथै प्रहरीसँग एकदिन कार्यक्रममा विद्यार्थीहरुलाई प्रहरी कार्यालयको अवलोकन भ्रमण पनि गराउने गरेको छ ।विद्यार्थीहरुमा प्रहरीप्रतिको विश्वासले ती बालिकाले मामाको कुर्ततबारे बोल्न सकिन् ।
आफूमाथि भइरहेका दुर्व्यवहारबारे प्रहरीमा जानकारी गराए कानुनी उपचार खोज्ने प्रहरीको प्रतिवद्धापछि किशोरीहरु खुलेर कुरा गर्न थालेका छन् । यसैको उदहारण शिवसताक्षीकी ती बालिका हुन् ।बालिकाका ४१ वर्षीय मामा अहिले पुर्पक्षका लागि थुनामा छन् ।
यति मात्र नभई जिल्लामा हुने विभिन्न किसिमका अपराध, तस्करी, चोरी, गुण्डागर्दीविरुद्ध नागरिकहरु प्रहरीसँग सहकार्य गर्न थालेका छन् ।प्रहरीले विद्यार्थी–शिक्षक, शिक्षक–अभिभावक, विद्यार्थी–अभिभावकसँग छुट्टाछुट्टै र संयुक्त कार्यक्रम गरिरहेको छ । साइबर क्राइम, लागूऔषध नियन्त्रण र निषेध लगायतका विषयमा उनीहरुसँग अन्तर्क्रिया र छलफल हुने गरेको छ ।
समुदायसँग मिलेर शान्ति सुरक्षा कायम गर्ने भन्दै नेपाल प्रहरीले (समुदाय–प्रहरी साझेदारी कार्यक्रम) नामक अभियान सुरू गरेको हो।
प्रतिक्रिया