काठमाडौँ – पछिल्लो हप्ताको समयदेखि नेपाल कम्यनिष्ट पार्टी नेकपा भित्र फेरी अनेक तिकडम शुरु हुन थालेको छ । एकताको विषयमा पुर्व एमाले र पुर्व माओवादीबीच चरम विवाद भएको भन्ने बारेमा पनि संच्चारमाध्यममा समाचार आइरहेका छन् ।
गत हप्ता केही सञ्चार माध्यमले नेकपा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आफ्नै निवास खुमलटारमा गुतगट भेला बोलाएको भन्दै समाचार बनाएपछि त्यसले आइतबार दिनभर काठमाडौँको राजनीतिक वृत्तमा तरंग ल्याएको छ ।
शुक्रबार साँझ प्रधानमन्त्री निवास बालुवाटारमा बसेको नेकपा सचिवालय बैठकमा अर्का अध्यक्ष एवं प्रधानमन्त्री केपी ओलीले पार्टी एकताका बेला सहमति भएर छपाइका लागि तयार पारेको राजनीतिक प्रतिवेदन संशोधनको प्रस्ताव गरेपछि प्रचण्ड, माधव नेपाल, झलनाथ खनाल, बामदेव गौतम लगायतले विरोध गरेका थिए । ओलीले महाधिवेशनसम्म स्थगन गर्ने भनिएको तत्कालीन एमालेको मार्गनिर्देशक सिद्धान्त जनताको बहुदलीय जनवाद ब्युँताउन खोजेको आशंका प्रचण्डले गरेका छन् । त्यही कारण शुक्रबारै पूर्वमाओवादी केन्द्रका निकट विश्वासपात्र नेतासँग प्रचण्डले गोप्य भेटघाट गरेको भन्ने समाचार आएको दाबी प्रचण्ड सचिवालयको छ । स्रोतका अनुसार प्रचण्ड निवासमा अरु कोही नेता नभई अग्नि सापकोटा गएका थिए । आइतबार सापकोटाले प्रचण्डसँग करिब एक घण्टा छलफल गरेका थिए । प्रचण्डको सचिवालयले कुनै गुटगत भेला नभएको भन्दै सापकोटाले आफ्नो चीन भ्रमणबारे जानकारी गराउन समय मागेर भेट्न आएको बताएको छ । ‘उहाँ ९अग्नि० चीन भ्रमणमा जानुभएको थियो । फर्केपछि भ्रमणका विषयमा अध्यक्षलाई जानकारी गराउन आउनुभएको हो’, प्रचण्डको सचिवालयका एक सदसय्ले भने ‘कुनै गुटगत छलफल वा बैठक भएकै छैन ।’
स्रोतका अनुसार प्रधानमन्त्री ओलीले प्रचण्ड निवासमा गुटगत बैठक भए नभएको बुझ्न जासुसी संयन्त्र परिचलान गरेका छन् । प्रचण्डले भेला बोलाएको समाचार आएपछि ओली पक्षधरले आइतबार दिनभर त्यसको पुष्टिका लागि दौडधुप गरेका छन् ।
प्रतिक्रिया