धरान – धरानमा बिहान मर्निङवाकमा निस्किएकी एक महिलाले गलामा लगाएको सुनको सिक्री लुट्ने दुई जना पक्राउ परेका छन् । प्रहरीका अनुसार पक्राउ पर्नेमा तेह्रथुम आङ्दिम घर भई हाल धरान-३ बस्ने २० वर्षीय रामकुमार दर्लामी र धरान-३ का विनोद राई रहेका छन् ।
मंगलबार बिहान बिहान पौने ६ बजे ज्ञानचक्चु मार्गकी ४० वर्षीय कमला गौतमलाई धरान-१५ स्थित मेरिगोल्ड स्कुल नजिक दुई युवाले बाटो छेकेर सिक्री थुतेका थिए । साढे दुई तोलाको सिक्री लुटिएपछि उनले चोरी भएको भन्दैं कराएकी थिइन् । स्थानीयको सहयोगमा ती लुटेराहरुलाई पक्राउ गरी प्रहरीलाई जिम्मा लगाइएको छ ।
पछिल्लो समयमा धरानमा यस्तो तरिकाबाट चोरी गर्ने गिरोह निकै सल्बलाएका छन् । प्रहरीले त्यस्ता गिरोहलाई पक्राउ गर्न सादा पोसाकमा प्रहरीलाई खटाएको छ ।
प्रतिक्रिया