प्रदेश र स्थानीय सरकारले सबै अधिकार पाएका छन : मन्त्री पण्डित

७ बर्ष अगाडि

काठमाडौं – संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री लालबाबु पण्डितले संविधानले व्यवस्था गरेको सबै अधिकार प्रदेश र स्थानीय तहलाई दिएको दावी गरेका छन् । 

ललितपुर महानगरपालिकाको चौंथो नगरसभामा बोल्दै मन्त्री पण्डितले प्रदेश र स्थानीय तहलाई संविधानमा व्यवस्था भएबमोजिम सबै अधिकार दिएको दावी गरे । उनले प्रदेश र स्थानीय तहलाई संघीय सरकारभन्दा आफू अलग रहेको नठान्न पनि आग्रह गरे ।

संविधानले तीन वटै तहको सरकारलाई सहकार्यमा अघि बढन निर्दिष्ट गरेकाले संघ, प्रदेश र स्थानीय तहको सरकारलाई एक अर्काबाट अलग रहेको ठान्न नमिल्ने उनको भनाई थियो । 

नगरसभामा बोल्दै मन्त्री पण्डितले पर्याप्त अधिकार दिइएकोले प्रदेश र स्थानीय तहलाई त्यसको भरपुर उपयोग गर्न आग्रह गरे । उनले संघीय सरकार प्रदेश र स्थानीय तहसँग सहकार्य गरेर संघीयतालाई इमान्दारिताका साथ कार्यान्वयनमा लैजान प्रतिवद्ध रहेको बताए । 

७ बर्ष अगाडि

प्रतिक्रिया