काठमाडौँ – नेकपाका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले विप्लव समुह छिट्टै राजनीतिक मुलधारमा आउने दावी गरेका छन् ।
मङगलबार चितवनको भरतपुर महानगरपालिकाको चौथो नगरसभालाई सम्बोधन गर्दै अध्यक्ष प्रचण्डले आफुले विप्लवलाई सबैभन्दा नजिकबाट चिनेको भन्दै उनी विस्तारै राजनीतिक मुलधारमा आउने तयारीमा रहेको बताएका हुन् । ‘म विप्लवलाई सवैभन्दा नजिकबाट चिन्छु । हून त अहिले एक दुईवटा बम पड्किएका छन् ।
यो घटनाक्रमले पनि विप्लवलाई विस्तारै नयाँ सोँचतिर र जान प्रेरित गरेको छ । जसरी साथिहरु यसअघि मुलधारमा आइरहनुभएको छ । त्यसैगरी विप्लव पनि आउनुहुन्छ’ प्रचण्डले भने, ‘म प्रति उनी (विप्लव) को मनमा घृणा छैन ।’
प्रतिक्रिया