अन्तर्राष्ट्रिय गन्तव्य बढाउँन निगमले शुरु ग¥र्याे यस्तो तयारी

७ बर्ष अगाडि

काठमाडौं – नेपाल वायुसेवा निगमबाट अन्तर्राष्ट्रिय गन्तव्य बढाउँदै लैजान विभिन्न प्रयास थालिएको छ । जस अनुसार दिल्ली सेक्टरका लागि हप्ताको १४ उडान भइरहेकोमा २१ बनाउने योजना अनुसार स्लट प्राप्त भइसकेको छ । दिल्लीका लागि प्रति हप्ता ११ उडान रहेकोमा हाल १४ पुर्याइएको छ ।

हप्ताको १४ उडानमध्ये ७ उडान न्यारोवडी मार्फत र ७ उडान वाइड्वडी मार्फत गरिएको छ । यस्तै युनाइटेड अरव इमिरेट्सको दुवईमा प्रतिहप्ता ३ उडान गरिदै आएकोमा एक थप गरी ४ वटा पुर्याइने छ।

आन्तरिक उडानका पाइलटको तालिम सञ्चालन गर्न Approved Training Organization (ATO) सम्बन्धी संस्थागत कार्य अघि बढाइ नेपालमा नै तालिम सञ्चालन गर्ने व्यवस्था गरिएको छ । वाई १२ ई उडान गर्न दुई जना वरिष्ठ पाइलटको असार मसान्त भित्रै तालिम सम्पन्न गरी वाई १२ ई जहाज सुचारु रुपमा सञ्चालन गर्ने तर्फ निगम सक्रिय छ । निगमको ट्विन ओटर जहाज सञ्चालन गर्ने आवश्यक जनशक्ति व्यवस्था गर्दै जाने योजना अनुरूप निगमले हाल एक जना वरिष्ठ क्याप्टेन नियुक्त गरी तालिम गरिरहेको छ । साथै दुई वर्ष देखि रोकिएको को–पाइलटहरुको तालिम सुचारु गराई एक जनाको तालिम सम्पन्न गरी नागरिक उड्डयन प्राधिकरणबाट लाइसेन्स इन्डोर्समेन्ट गर्ने कार्य भइरहेको छ । बाँकी तीन जनाको तालिम समेत सञ्चालन भइरहेको छ र सो तालिम आगामी साउन मसान्त भित्र
सम्पन्न गरिनेछ ।

पाइलट जस्तो दक्ष जनशक्तिको सिमुलेटर तालिम सम्पन्न भई लाइसेन्स प्राप्त भए पछि पनि प्रशिक्षक पाइलट सँग निश्चित घण्टा उडान गरी लाइन क्लियरेन्स गरे पछि मात्र नियमित उडान भर्न मिल्ने भएकोले निगमले तयार गरेको जनशक्तिको लाइन क्लिरेन्सको क्रम जारी रहेको छ ।

न्यारो वडीमा लाइन क्लिरेन्स भएका जनशक्ति पर्याप्त मात्रामा तयार भए पछि न्यारो वडी जहाजबाट वाइडवडी जहाजमा आवश्यक तालिम गराई वाइडवडीमा समेत नेपाली जनशक्ति तयार गर्ने तर्फ निगमले कार्य गरिरहेको छ । सोही योजना अनुसार निगमले थप नेपाली जनशक्ति नियुक्त गर्न लोकसेवा आयोग मार्फत आवेदन माग गरी नियुक्ति सम्बन्धी आवश्यक प्रक्रिया अन्तिम चरणमा पुर्याएको छ ।

अन्तर्राष्ट्रिय कम्पनी वि.सि.टी ले गरिरहेको विमान मर्मत सम्भार कार्य जुलाई महिनादेखि स्वयंम ने.वा.नि.का इन्जिनियरहरुबाट गर्ने प्रक्रिया अगाडि बढाइएको छ । जसले गर्दा प्रति महिना ५० देखि ६०
लाख रुपैयासम्म बचत हुनेछ । गत जेठ महिनामा कन्टिन्यूइङ्ग एयरवर्डिनेश म्यनेजमेन्ट विभागले आइएसओ ९००१ः२०१५ (ISO 9001:2015)को सफल अडिट गराई प्रमाणपत्र समेत प्राप्त गर्न सफल भएको छ । यसबाट सुरक्षा र इन्जिनियरिङ् व्यवस्थापनमा निगम सदैव सचेत रहेको पुष्टि हुन्छ ।

ग्राउण्ड ह्याण्डलिङ तर्फ आयटा (IATA) ले गरेको परीक्षण (आइसागो) नवीकरण गरी प्रमाणपत्र प्राप्त गरेको छ । जसले ग्राउण्ड हयाण्डलिङ सेवामा अरु अन्तर्राष्ट्रिय ग्राउण्ड हयाण्डलिङ कम्पनीभन्दा नेवानि पछाडि नपरेको र सुरक्षित एवं गुणस्तरीय सेवामा सक्षम रहेको स्पष्ट गरेको छ ।

७ बर्ष अगाडि

प्रतिक्रिया