चन्दा असुली रसिद लगायतका कागजात सहित ट्याक्सी चालक पक्राउ

७ बर्ष अगाडि

काठमाडौं–काठमाडौं महानगरपालिका बौद्ध बस्ने खोटाङ मंगलटार गाउँपालिका  ६ घर भएका २९ वर्षीय भविराज राईलाई चन्दा असुली रसिद लगायत नेकपा विप्लप समूहको विभिन्न दस्ताबेज सहित काठमाडौं महानगरपालिका ४ सुकेधारबाट सोमबार प्रहरीले पक्राउ गरेको छ ।

 उक्त स्थानमा जाँच गर्ने क्रममा राईले चलाएको बा।२ ज ३८७१ नम्बरको ट्याक्सीबाट चन्दा असुली गर्ने रसिद, अखिल क्रान्तिकारी यातायात मजुदर संघको सदस्य रसिद ५० थान, सोही संघको पर्चा ३ सय थान लगायतका कागजात फेला पारी उनलाई प्रहरीले पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ । 
 

७ बर्ष अगाडि

प्रतिक्रिया