सिरहा–प्रहरीले लागुऔषध चरेससहित सिरहाको धनगढीमाई नगरपालिकाबाट दुईलाई पक्राउ गरेको छ ।
प्रहरी विशेष टोलीले धनगढीमाई नगरपालिका–१० बाट चरेससहित धनगढीमाई नगरपालिका–११ निवासी रामभगत महतो र सोही नगरपालिका–१२ निवासी रामेश्वर महतोलाई पक्राउ गरेको हो ।
पक्राउ परेकाबाट १७ प्याकेटमा राखेको करीब साढे आठ किलो चरेस बरामद भएको सिरहाका प्रहरी उपरीक्षक उमाप्रसाद चतुर्वेदीले जानकारी दिनुभयो । पक्राउ परेका दुवैलाई इलाका प्रहरी कार्यालय लहानमा राखिएको छ ।
प्रतिक्रिया