८ किलो चरेशसहित पक्राउ

७ बर्ष अगाडि

सिराहा–ईलाका प्रहरी कार्यालय लाहानले प्रतिबन्धित लागुऔषध चरेस सहित दुई जनालाई पक्राउ गरेको छ। विशेष सुचनाको आधारमा ईलाका प्रहरी कार्यालयबाट खटिएको प्रहरी टोलीले ८ किलो चरेससहित दुई जनालाई पक्राउ गरेको हो । 

पक्राउ पर्नेमा सिराहको रामेश्वर महतो र रामभगत महतो रहेका छन् । उक्त चरेश मकानपूरबाट सिराहको लाहान हुदै भारत छिराउनको लागेको अनुसन्धानबाट खुलासा भएको लाहन प्रहरीले जनाएको छ । प्रहरीले उनीहरुलाई सिराहा जिल्ला धनगढीमाई नगरपालिका १० बाट गएराति ९ बजे पक्राउ गरेको हो । 

प्रहरीका अनुसार पक्राउ पर्नेमा धनगढीमाई नगरपालिका वडा नं। १२ बस्ने ४० बर्षीय रामेश्वर महतो र सोहि नगरपालिका वडा नं।११ बस्ने ३६ बर्षीय रामभगत महतो रहेका छन् ।यस बिषयमा थप अनुसन्धान भईरहेको ईलाका प्रहरी कार्यालय लाहानले जनाएको छ। 

७ बर्ष अगाडि

प्रतिक्रिया