ललितपुर–ललितपुरको बाग्मती गाउँपालिका २ माल्टा स्थित कालिदेवी माध्यमिक विद्यालयको कक्षा ५ मा अध्ययनरत ११ वर्षिय समिर लुङ्वाले झुण्डीएर आत्महत्या गरेका छन्।
महानगरीय प्रहरी परिषर ललितपुरमा कार्यरत प्रहरी नायब उपरीक्षक सन्तोष तामाङ्गका अनुसार घरका अन्य सदस्य अर्को कोठामा टिभी हेरिरेको अवस्थामा उनले आत्महत्या गरेका थिए।घरपरिवार र विद्यालयका शिक्षक शिक्षिकाबाट माया नपाएको भन्दै समिरले सुसाइट नोट लेखेरआत्महत्या गरेका हुन् ।
उनले सुसाइड नोटमा लेखेका छन्
“मेरो नाम समिर लुङवा हो । म कक्षा ५ मा पढ्छु । मेरो रोलनम्बर ५ हो । आज म केही कुरा भन्न चाहन्छु । म धेरै दुखमा छु मलाई कसैले माया गर्देन । कक्षामा केटाहरुलाई पिट्ने र केटीहरुलाई नपिट्ने र घरमा मलाई दाई भाउजुले हेला गर्ने, कोही सर मिस त नहुने म तिनिहरुको नाम लेख्दै छु । सरस्वती मिस, दिवाकर सर गोविन्द सरले म बिरामी हुँदा मलाई बिरामी भाको छैन भन्ने म यति भन्दै बिदा माग्छु म एघार बर्ष भए म जन्मेको महिना कार्तिक १४ गते हो । “
प्रतिक्रिया