गुठी विधेयक तत्काललाई फिर्ता भए पनि पुनः पेश गर्न र पारित गर्न सरकारलाई आग्रह : काठमाडौँ – नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छेले सरकारले ल्याएको गुठी विधेयक फिर्ता गर्न नहुने बताएका छन् ।
भक्तपुर नगरपालिकाको पाँचौ नगर सभाको उद्घाटन समारोहमा सम्बोधन गर्दै नेता बिजुक्छेले भने, ‘विधेयक वर्षौँदेखि कमाई गर्दै आएका भूमिहीन मोहीको पक्षमा छ, यसलाई फिर्ता गर्न गुठाधिस र सामन्तहरुको चलखेल भयो ।
कार्यक्रमलाई सम्बोधन गर्दे नेता बिजुक्छेले गुठीका नाममा हजारौं बिघा जग्गा कब्जा गरेर बसेका मठाधिशले जनतालाई गलत सूचना प्रवाह गरेर सरकारविरुद्ध सडकमा उतारेको आरोप लगाए ।
उनले फिर्ता लिन नहुने गुठी विधेयक तत्काललाई फिर्ता भए पनि पुनः पेश गर्न र पारित गर्न सरकारलाई आग्रह गरे ।
प्रतिक्रिया