प्रहरी निरीक्षक बस्नेत अख्तियारको नियन्त्रणमा

७ बर्ष अगाडि

रुपन्देही – प्रहरी कार्यालय रन्यौराका प्रहरी निरीक्षकलाई अख्तियारले नियन्त्रणमा लिएको छ  ।

रुपन्देहीको गैडहवा गाउँपालीका अन्तर्गत नदीजन्य पदार्थ ढुवानी गरिरहेका सेवाग्राहीसँग पटक–पटक घुस मागी हैरान पारेको सुचना एवम् एजुरीको आधारमा प्रहरी निरीक्षक केशव बहादुर बस्नेतलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय बुटवलबाट खटिई गएको टोलीले १५ हजार घुस लिईसकेको अवस्थामा नियन्त्रणमा लिइएको हो । 

बस्नेतलाई भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ३ को उपदफा (१) बमोजिमको कसुर गरेको पुष्टि हुन आएकोले निजलाई बिगो रू १५,००० हजार कायम गरी भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ३ को उपदफा (१) र दफा ३ को उपदफा (१) को देहाय (क) बमोजिम जरिवाना र कैद सजाय हुन मागदाबी लिई आज विशेष अदालत काठमाडौंमा आरोप-पत्र दायर गरिएको छ । 

७ बर्ष अगाडि

प्रतिक्रिया