आफ्नै गाउँमा स्वास्थ्य शिविर चलाउँदै विप्लवका छोरा

७ बर्ष अगाडि

 कपिलवस्तु–प्रतिबन्धित नेकपाका महासचिव नेत्रविक्रम चन्द विप्लव का छोरा प्रकाश चन्दले आफ्नै गाउँ कपिलवस्तु शिवगढीमा स्वास्थ्य शिविर चलाएका छन् । विप्लवको पार्टीको जनवर्गीय संगठन जनस्वास्थ्यकर्मी महासंघका महासचिव समेत रहेका प्रकाश लगायतका स्वास्थ्यकर्मीहरुले स्वास्थ्य शिविर चलाएका हुन् ।

अखिल नेपाल जनस्वास्थकर्मी महासंघको पहलमा र शहिद स्मृति प्रतिष्ठानको आयोजनामा आयोजित शिविरमा दुई हजार ६ सय ५० जना बिरामीले निशुल्क स्वास्थ परिक्षण गराएका थिए ।  
चन्द चितवन मेडिकल कलेजमा एमबिबिएसको पढाई गर्दै प्रशिक्षार्थी चिकित्सकका रुपमा समेत काम गरिरहेका छन् । 

७ बर्ष अगाडि

प्रतिक्रिया