काठमाडौँ – नेपाल कम्युनिष्ट पार्टी नेकपाका सांसद झपट रावलले सम्माननिय प्रधानमन्त्री केपी शर्मा ओलीको नाम बिगारेर बोलेको भन्दै नेपाली कांग्रेसका सांसद उमाकान्त चौधरीलाई हेक्का राखेर बोल्न आग्रह गरेका छन् ।
आज बसेको प्रतिनिधि सभाको बैठकमा बोल्दै उनले आफुहरुले बोलेको भाषाशैली यतिबेला सम्पुर्ण जनताले चनाखो पुर्णरुपमा हेरेको भन्दै उनले आफुहरुले संसदमा बोलेको भाष सभ्य र सुसस्कृत हुनुपर्ने बताए । उनले आफुहरुले यहाँ बोलिरहदा नेपाली जनताले के सिक्ने ? भन्दै प्रश्न समेत गरे । उनले भने यस कुरामा हामीले हेक्का राख्नु पर्छ ।
कांग्रेस सांसद उमाकान्त चौधरीले प्रधानमन्त्री ओलीलाई यसअघि ‘करप्रसाद’को उपमा पाइसकेको र अब ‘झुटप्रसाद’ ओली भन्दा फरक नपर्ने बताए । तर उनको भनाइलाई हेक्का राख्न आग्रह गर्दे नेकपाका सांसद झपट रावलले भने, प्रतिपक्षका सांसदले जसरी प्रधानमन्त्रीको नाम बिगार्दे करप्रसाद र झुटप्रसाद जस्ता कुरा भन्नुभएको छ, यसैगरी हामीले पनि प्रतिपक्ष दलका नेता ज्यु जो हामी आदर गर्छाे सम्मान गर्छाे ।
उहाँको नेता पुर्व प्रधानमन्त्री लगाएत अन्य नेताहरुको नाम पनि "शेरबहादुर देउवाको सट्टा छेरबहादुर" भन्न बाध्य भयौँ भने के हुन्छ ? ।
उनले थपे,त्यसैले यहाँ प्रयोग हुने भाषाहरु सभ्य हुनुपर्छ भन्ने कुरामा म जोडदार सँग माग गर्न चाहन्छु र जुन असभ्य भाषा प्रयोग भएको छ म यो हटाउनको लागि पनि जोडदार माग गर्दछु ।
प्रतिक्रिया