काठमाण्डौ–महानगरीय प्रहरी वृत्त सिंहदरबारबाट खटिएको प्रहरी टोलीलाई आर्थिक प्रलोभनमा पार्ने रौतहट जजुरा नगरपालिका २ का विरेन्द्र चौधरी र रुपन्देही शान्तीनगर नगरपालिका ८ का चक्रराज पाण्डेलाई पक्राउ गरेको छ ।
प्रहरीले यही ७ गते ९:३० बजे काठमाण्डौ महानगरपालिका २८ विधुत प्राधिकरण अगाडी विरेन्द्र चौधरीले अनैतिक कार्यको लागी बार्गेनिङ गर्दै गरेको अबस्थामा फेलापारी कारवाही गर्न लाग्दा प्रहरीलाई नगद १ हजार दिई आर्थिक प्रलोभनमा पार्न खोजेका थिए ।
सोही समयमा चक्रराज पाण्डेले अनैतिक कार्य गर्न तेस्रो लिङ्गी मिलाई दिनु पर्यो भनी प्रहरीलाई नगद रू १ हजार दिई आर्थिक प्रलोभनमा पारी कारवाहीबाट बच्न खोजेकाले नियन्त्रणमा लिएको छ । दुवै जनालाई नगद सहित नियन्त्रणमा लिई अनुसन्धान गरिरहेको छ ।
प्रतिक्रिया