जबरजस्ती करणी गरेको अभियोगमा तीन जना पक्राउ

७ बर्ष अगाडि

कैलाली–धनगढी बस्ने १३ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा ३ जनालाई शनिबार साँझ प्रहरीले पक्राउ गरेको छ । 

पक्राउ पर्नेहरुमा धनगढी उपमहानगरपालिका १५ उर्मागाउँ बस्नेहरु २५ वर्षीय फट्टुलाल चौधरी, २३ वर्षीय बिजय चौधरी र सोही उपमहानगरपालिका ७ मनेहरा बस्ने २५ वर्षीय झगरु चौधरी रहेका छन्  बालिकालाई फकाएर से।१ प ३०७४ नम्बरको मोटरसाइकलमा जंगलमा लगेर जबरजस्ती करणी गरेको भन्ने खबर प्राप्त हुनासाथ प्रहरी चौकी कनरीबाट खटिएको प्रहरीले मोटरसाइकल सहित उनीहरुलाई पक्राउ गरेको हो ।  

यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

७ बर्ष अगाडि

प्रतिक्रिया