बृद्धालाई बोक्सीको आरोप लागउने मातालाई अदालतले माग्यो दुई लाख धरौटी

७ बर्ष अगाडि

झापा–झापा मेचीनगर ९ की ८१ बर्षिया बृद्धालाई बोक्सीको आरोप लागउने माता भनिने पवित्रा शिवाकोटीलाई जिल्ला  अदालत झापाले दुई लाख धरौटी माग गरेको छ ।

शुक्रबार भएको थुनछेकको बहस पछि माता भनिने शिवाकोटीलाई दुई लाख धरौटी राखेर जिल्ला अदालतले  रिहा गर्न आदेश दिएको हो ।न्यायधिश उद्धबप्रसाद भट्टराईको एकल इजलासले मातालाई तत्काल दुई लाख रुपैया धरौटी राखेर तारिकमा बस्ने गरि रिहा गर्न आदेश दिएको हो ।

अदालतको आदेश पछि दुई लाख धरौटी राखेर शिवाकोटी रिहा भएको अदालत स्रोतले बताएको छ ।झारफुक मार्फत उपचार गराउने भन्दै मेचीनगर ९ कि एक महिलालाई यातना दिई बोक्सी बकाउने भन्दै ८१ बर्षिया बृद्धा बोक्सी भएको आरोप लागउने शिवाकोटी बिरुद्ध उजुरी परे पछि गत जेठ ३१ गते शुक्रबारका दिन ईलाका प्रहरी कार्यालय धुलाबारीले नियन्त्रणमा लिएर अनुसन्धान शुरु गरेको थियो ।

प्रहरीले अनुसन्धानको काम सकेर बिहिबार अदालतमा हाजिर गराएको र बिहिबार नै शिवाकोटीको बयान लिईसकेको थियो भने शुक्रबार थुनछेकको बहस भएको थियो । 
शिवाकोटीलाई लागेको अभियोग प्रमाणित भएमा ५ देखी ८ बर्ष कैद सजाय हुनसक्ने कानूनी ब्यवस्था छ ।

रेडियो साथी बाट 

७ बर्ष अगाडि

प्रतिक्रिया