नौगाड गाउँपालिका–२ सुन्डुमुन्डुका एक व्यक्तिले अत्यधिक मदिरा सेवन गरी आफ्नैै घरमा आगो लगाएका छन् ।
मदिरा सेवन गरी घर आएका ३२ वर्षीय शेरसिंह बडालले घरमा आगो लगाएपछि उनकी श्रीमतीको जलेर मृत्यु भएको छ । घरमा आगाे लागेपछि सामान निकाल्नभित्र छिरेकी वडालकी श्रीमती ३० वर्षीया विमला बडालको घरभित्रै जलेर मृत्यु भएको हो ।
शनिबार राति १२ बजे मदिरा सेवन गरी घर पुगेका बडालले घर परिवारसँग पहिला झगडा गरेको र परिवारका सदस्य घर छोडेर भाेगेकाे नौगाड गाउँपालिका–२ का वडा सदस्य जयभानसिंह ठगुन्नाले बताए । बडालले आफू सुत्ने कोठामा गएर आगो सल्काएका हुन् ।
आगो लागेपछि सामान निकाल्न घरभित्र छिरेकी वडालको जलेर घटनास्थलमै ज्यान गएको ठगुन्नाले बताए । वडालले यसअघि पनि मदिरा सेवन गरेपछि घरमा आएर झगडा गर्ने गरेको स्थानीय बताउँछन् ।
प्रहरी नायब उपरीक्षक दीपेन्द्रबहादुर शाही नेतृत्वको टोली घटनास्थल पुगेको छ । स्थानीयले रातभर लगाएर आगो निभाएका छन् ।
प्रतिक्रिया